ऋतिक रोशनसँग सम्बन्ध बिग्रीएपछि एक्लै बसेकी कंगना फेरी परिन् प्रेममा

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री कंगना रनौतले हालै एक कार्यक्रममा बलिउड, लभ लाइफ, महिला अधिकार, करण जौहर र ऋतिक रोशनबारे खुलेर कुरा गरेकी छिन् । उनले आफू कसैसँग प्रेम सम्बन्धमा रहेको पनि बताएकी छिन् । तर, प्रेमीको नाम भने बताइनन् ।कंगना र करणको विवाद त धेरै पुरानो भइसक्यो । दुवैले अहिले पनि एक–अर्काको बारेमा खासै राम्रो कुरा गर्दैनन् । कंगनाले ऋतिक र करणलाई सम्बोधन गर्दै भनेकी छिन्, ‘उनीहरू कहिल्यै पनि पुग्ने छैनन्, जहाँ म उभिएको छु ।’

करणले आफ्नो मजाक उडाएको, बेरोजगार बताएको, आफूलाई काम दिने कुरा बताएकोमा उनको आपत्ति थियो । उनले भनिन्, ‘मैले भनेको थिएँ, मेरो क्षमता हेर्नु र आफ्ना फिल्म हेर्नु, सत्य के हो आफैँ पत्ता लाग्छ ।’ उनले केही मान्छेले च्यवनप्रास खानुपर्ने बताएकी छिन् । 

 

कंगनाले ऋतिकसँग दुई फिल्ममा काम गरेकी थिइन् । उनीहरूबीच प्रेमसम्बन्धको पनि चर्चा थियो । उनले ऋतिकसँगको सारा कुरा अर्थहीन भएको बताएकी छिन् । कंगनाले आफूले प्राप्त गरेको सफलता आफ्नो क्षमताले पाएको दाबी पनि गरिन् । कंगनाले भनेकी छिन्, ‘मैले कसरी चल्नुपर्छ, आफ्नो नियम सेट गरेको छु ।’ -नया पत्रिका 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू