टेलिभिजनमा समाचार भनिरहेका दुई प्रस्तोताबीच झगडा भएपछि

रिता घिसिंग

एजेन्सी : टेलिभिजनमा न्यूज भनिरहेका दुई प्रस्तोताबीच झगडा ! यस्तो दृश्य परिकल्पना गरिदैन । तर, पाकिस्तानको एक टेलिभिजनका दुई प्रस्तोता झगडामै उत्रिए, त्यो पनि लाइभमा ।

पाकिस्तानको एक टेलिभिजन च्यानलका दुई समाचार बाचक ‘अनएर’ मै झगडा गरिरहेको भिडियो सार्वजनिक भएको हो । ब्रेकमा भएको कुराकानी झगडामा बदलिएको बताईएको छ ।

 

लाहौरको सिटी–४२ च्यानलका दुई समाचार बाचक फेबु्रअरी २४ मा न्यूज ‘अनएर’ भएकै बेला झगडा गरिरहेका थिए । एक महिला र एक पुरुष प्रस्तोता यसरी अनएरमै झगडा गरेपछि धेरैले त्यसलाई सामाजिक सञ्जालमा मजाकको विषय बनाएका छन् भने कतिले यसरी नै समाचार प्रस्तुत गर्ने हो भने अझै गज्जव हुन्छ भन्दै खिसिट्युरी पनि गरेका छन् ।

 

कतिले त भारतीय टेलिभिजनबाट प्रस्तुत हुने ‘रियालिटी सो’ बिग बोससँग तुलना पनि गरेका छन् ।

 

प्रतिक्रिया