पशुको स्वास्थ्य जाँच

रिता घिसिंग

लहान, २० फागुन (रासस) : सिरहाको औरही गाउँपालिकामा सम्पन्न पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा दुई हजार पशु चौपायाको निःशुल्क जाँच गरिएको छ । 

गाउँपालिकाको सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको आयोजनामा सम्पन्न शिविरमा गाई, भँैसीलगायत एक हजार २०० र बाख्रा ७०० लाई जाँच गरी भ्याक्सिनेसन गरेको जनाइएको छ । 

 

शिविरमा १० पशुचौपायामा कृत्रिम गर्भधारण सेवा दिइएको गाउँपालिकाको पशु शाखाप्रमुख रमेश शर्माले जानकारी दिनुभयो । 

 

शिविरमा पशुपालन गर्ने किसानलाई पशु बीमा, पशु स्वास्थ्य, पशुमा कृत्रिम गर्भधारण र पशु स्याहारका बारेमा जनचेतना दिइएको थियो । शिविरमा जाँच गराइएका पशुमा कुनै ठूलो रोग नभए पनि पशुमा स्वास्थ्य अवस्था कमजोर रहेको पाइएको भटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको वरिष्ठ पशु विकास अधिकृत ध्रुवकुमार यादवको भनाइ छ । 

 

सेतो छडी वितरण 

 

नेत्रहीन सङ्घ सिरहाले आज जिल्लाका ५० न्यून दृष्टियुक्तलाई सेतो छडी वितरण गरेको छ । सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले नेत्रहीनलाई सेतो छडी वितरण गर्नुभयो । 

 

न्यू भिजन ग्रुप कोरिया किमहे बुषण र गोलबजार नगरपालिकाको सहयोगमा जिल्लाका ५० नेत्रहीनलाई सेतो छडी वितरण गरेको सो संस्थाका प्रथम संयोजक हरि थपलियाले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया