फिलिपिन्सको विमानस्थलबाट दुर्लभ १५ सय कछुवा बरामद

admin

मनिला, २० फागुन:  फिलिपिन्सको विमानस्थलमा तस्करहरुले छाडेका झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला परेका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार टेपले बेरेको अवस्थामा ती कछुवाहरु विमानका यात्रु बस्ने ठाउँमा आइतबार भेटिएको हो । 

दुर्लभ जीवजन्तुको ओसार पसार तथा बेचविखन गर्नु अवैध हुने भएकाले कारबाहीमा परिने डरले तस्करहरुले छाडेर भागेको अधिकारीहरुको भनाई रहेको छ । 

अमेरिकाको विदेश विभागले दुर्लभ जीवजन्तु ओसार पसारका लागि फिलिपिन्स एउटा महत्वपूर्ण श्रोत र पारबहन केन्द्रको रुपमा रहेको जनाएको छ । 

हङ्कङ्गबाट आएका फिलिपिन्सका यात्रुको कपडा, झोला र जुत्ताले ढाकेको अवस्थामा ती कछुवाहरु आइतबार भेटिएका हुन् । 

 

बरामद गरिएको कछुवालाई वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तानन्तरण गरी घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको अधिकारीले बताएका छन् । 

विमानबाट जफत गरिएका कछुवाको मुल्य झण्डै ८७ हजार अमेरिकी डलर पर्ने बताइएको छ । यस्ता तस्करलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुने फिलिपिन्सको कानुनी व्यवस्था रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रतिक्रिया