आज वि.सं. २०७५ फाल्गुन २१ गते मङ्गलबारको राशिफल हेर्नुहोस

admin

आज वि.सं. २०७५ फाल्गुन २१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मार्च ०५ तारिख, फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि, साँझ ०६:५२ बजेसम्म, त्यसपछि अमावस्या तिथि, धनिष्ठा नक्षत्र, दिउँसो ०३:१५ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, आजको चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), शिव योग, दिउँसो ०२:४० बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा शकुनि करण साँझ ०६:५३ बजेसम्म, त्यसपछि चतुष्पाद करण मध्यरात्रीपछि ०७:५८ बजेसम्म, अन्तिममा नाग करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२८ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०३:११ देखि ०४:३८ सम्म, यमघण्ट : बिहान ०९:२२ देखि १०:४९ सम्म, गुलिक काल : दिउँसो १२:१६ देखि ०१:४३ सम्म

आजको वारवेला :– रोग वारवेला : बिहान ०६:२८ देखि ०७:५५ सम्म, साँझ ०४:३७ देखि ०७:३८ सम्म र मध्यरात्रीपछि ०४:५६ देखि ०६:२८ सम्म, काल वारवेला : दिउँसो ०१:४३ देखि ०३:११ सम्म र बेलुका ०७:३८ देखि ०९:११ सम्म, लाभ वारवेला : दिउँसो १०:४९ देखि १२:१६ सम्म र बेलुका ०९:११ देखि १०:४३ सम्म, उद्वेग वारवेला : बिहान ०७:५५ देखि ०९:२२ सम्म र बेलुका १०:४३ देखि १२:१६ सम्म, शुभ वारवेला : दिउँसो ०३:११ देखि ०४:३८ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:४९ सम्म, अमृत वारवेला : दिउँसो १२:१६ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:४९ देखि ०३:२२ सम्म, चर वारवेला : बिहान ०९:२२ देखि १०:४९ सम्म र मध्यरात्रीपछि ०३:२२ देखि ०४:५६ सम्म

 

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

प्रतिक्रिया