पटक पटक बलात्कारपछि १० बर्षिय बालिका गर्भवती

रिता घिसिंग

पिएनपीखबर, भारत : पालघर जिल्लाको एक गाउमा एक १० बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १२ बालक बिरुद्ध उजुरी दर्ता भएको छ। यो घटना बालिका गर्भवती भएपछि बाहिरिएको हो।

प्रहरीका अनुसार दुवै जना छिमेकी हुन्। बालकले बालिका माथि ४ महिनादेखि बलात्कार गरिरहेका थिए। केहि समय अघि अचानक बालिकाको पेट दुख्न थालेपछि आमा बुबाले उनलाई अस्पताल पुर्याए। उपचारको क्रममा थाहा भयो कि उनि गर्भवती छिन।

पिडितका आमाले बालिकालाई सोधपुछ गर्दा बालिकामाथि ४ महिना देखि यौन शोषण भएको खुलासा भयो। पिडितका परिवारले बालक बिरुद्ध उजुरी दर्ता गरिसकेका छ्न। प्रहरी यस घटनाबारे छानबिन गरिरहेको बताएको छ।

प्रतिक्रिया