सम्बन्धविच्छेदको २० वर्षपछि श्रीमतीले दिईन पुर्वपतिलाई नया जीवन

रिता घिसिंग

एजेन्सी : अमेरिकाको मिनेसोटामा बस्ने मेरी जेलगेर र बिल हेनरिच नामका यी दम्पतिको चर्चा सामाजिक संजालमा चुलिएको छ । जब यी दुई १४ वर्षका थिए तब एक–अर्कालाई डेट गर्न थाले । १८ वर्ष पुग्दा दुवैले विवाह गरे । तर जब यी दुई २४ वर्षका भए तब सम्बन्धमा खटपट आउन थाल्यो। त्यसपछि दुबैले अलग्गिने निर्णय गरे । तर बच्चाहरुको हेरबिचार राम्रोसँग होस् भनेर उनीहरुले आफ्नो साथीको सम्बन्ध भने कायम राखे ।

सम्बन्धविच्छेदको २० वर्षपछि बिलका दुबै मृगौला खराब भयो । मधुमेहका कारण बिलको दुबै मृगौलाले काम गर्न बन्द गरेका थिए । बिलको मृगौलासँग मेल खाने थुप्रैको मृगौला परीक्षण भयो । तर कसैको पनि मृगौला मिलेन । बिल र मेरीकी छोरीको मृगौला म्याच भयो । तर उनीहरुका सन्तान साना थिए त्यसकारण मृगौला प्रत्यारोपण गर्न सकेनन् । त्यसपछि मेरीले आफ्नो मृगौलाको परीक्षण गराइन् । मृगौला म्याच भयो । अचम्मको कुरा के छ भने बिलको ब्लड ग्रुप दुर्लभ थियो तर पनि पूर्वपत्नीको मृगौला म्याच भयो । गत वर्ष अक्टोबरमा शल्यक्रिया भयो । अब बिल एकदम ठिक छन् ।

सम्बन्धविच्छेदको २० वर्षपछि पूर्व श्रीमानलाई मृगौला प्रत्यारोपण गरेर उनको जीवन बचाएकोमा मेरीको निकै चर्चा भयो । उनी भन्छिन्, ‘यदि मेरो कहानी सुनेर कुनै एक व्यक्तिले पूर्वपती र पूर्वपत्नीको विषयमा आफ्नो धारणा परिवर्तन गर्छ भने त्यो ठूलो कुरा हुनेछ । मेरो लागि त यो कुनै निर्णय पनि थिएन । मलाई कसैले फोन गरेर आफूलाई मद्दत चाहिएको छ भनेको भए पनि मैले यस्तै गर्थें होला ।’

प्रतिक्रिया