तैमूरसंग डेटमा जान चाहन्छिन यी नायिका

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेत्री तापसी पन्नू र अमिताभ बच्चनको नया फिल्म ‘बदला’ का ट्रेलर रिलीज भैसकेको छ। अहिले तापसी फिल्मको प्रमोशनमा व्यस्त छिन। यसै बीच ३१ बर्षिय तापसीले एक इन्टरभ्युमा तपाई कसलाई डेट गर्न चाहनुहुन्छ भनि प्रश्न सोध्दा उनले यस्तो जवाफ फर्काईन की जुन सुनेर सबै जना चकित परेका छन्।

जवाफमा उनले ‘म तैमूर अली खानलाई डेट गर्न चाहन्छु। ‘भनेका छन्। वास्तबमा तापसीले मजाकमा भनेकी हुन्। फिल्म ‘बदला’ मा तापसी र अमिताभ बच्चनका साथै अमृता सिंह, टोनी ल्यूक, मानव कौलले पनि अभिनय गरेका छन् । फिल्म ‘बदला’ को गौरी खानको रेड चिलीज एंटरटेनमेंटले प्रोड्यूज गरेका हुन् भने फिल्म ८ मार्च २०१९मा रिलिज हुदैछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू