डोलेश्वरबाट बिदाई भए साधुसन्त[फोटो सहित]

शर्मिला गुरुङ

भक्तपुर, २१ फागुन : केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाई गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो ।

डोलेश्वर दर्शन गर्न आएका ३२० साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए ।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको अध्यक्ष चालिसेले बताए । क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय दक्षिणा, ख वर्गलाई नगद ७ सय रुपैयाँ र ग वर्गलाई नगद ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, १ थान धोती प्रदान गरिएको उनले बताए ।

डोलेश्वरमा शिवरात्री पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए ।
देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगीहरु शिवरात्रिमा डोलेश्वर आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू