किन अभिनेता अक्षय कुमारले लगाए आफ्नै शरीरमा आगो ?

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता अक्षय कुमार डिजिटल प्लेटफार्ममा डेब्यू गर्दैछन्। उनी चाँडै एउटा स्टंट बेस्ड शोमा देखिँदैछन्। मंगलबार मुम्बईमा उनले आफ्नो पहिलो वेब शो को लन्च गरेका छन् ।

सो क्रममा अक्षयले आफूलाई आगो लगाएर रेम्प वाक गरेर देखाए। अक्षय स्वंयले यो भिडियो शेयर गरेका छन्। उनले लेखेका छन्, ‘ पूरै आगोमा मेरो नयाँ शो ‘द एण्ड’ (वर्किङ टाइटल) का लागि हो। यकिन गर्नुस यो मात्र सुरुवात हो।’ यो वेब कहिले सार्वजनिक हुन्छ भन्ने यकिन भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू