यो साताकै सस्तो भयो सुनको भाउ

शर्मिला गुरुङ

काठमाडौँ, २२ फागुन : आज साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य यो साताकै सस्तो भएको छ । आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

हिजो मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुनको मुल्य पनि ओरालो लोगेको छ। हिजो प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आरोलो लागेको छ। हिजो प्रतितोला ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घटेर ७४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया