गाडीको स्पिड कम गर्न लण्डनमा बनाइयो थ्री डी जेब्रा क्रसिंग

रिता घिसिंग

पिएनपिखबर : ट्राफिक व्यवस्थालाइ अझ व्यवस्थित बनाउनका लागि लण्डनमा पहिलो पटक थ्री डी जेब्रा क्रसिंग बनाएको छ। यसलाई बनाउनुको मुख्य लक्ष्य गाडीको स्पिड कम गरि पैदल यात्रीहरुलाइ सहज बनाउनु हो।

यसको सुरुवात उत्तरी-पश्चिमी इलाकामा एक पायलट प्रोजेक्टको लागि तयार पारिएको थियो। यहाँ यस्तो इलाका छ जहाँ स्कुलका साथै बच्चा र स्थानीय मानिसहरुको आवतजावत अधिक हुने गर्छ। एक बर्षसम्म चलि आएको उक्त ट्रायलको परिणामको आधारमा अहिले पुरै लण्डनमा लागु गरिएको हो। यो भन्दा पहिला भारत र आइसल्याण्डमा पनि थ्री डी जेब्रा क्रसिंगको सुरुवात गरिएको थियो। जब यसको सुरुवात दिल्लीमा गरिएको थियो तब गाडीको गति ५० बाट झारेर ३० किलोमीटर प्रति घण्टा भएको थियो।

के हो थ्री डी जेब्रा क्रसिंग ?
जेब्रा क्रसिंगलाई थ्री डी प्याटर्नमा पेन्ट गर्ने गरिन्छ। थ्री डी जेब्रा क्रसिंगले एक किसिमको भ्रम पैदा गर्छ। टाढाबाट हेर्दा ब्लक जस्तो देखिन्छ। त्यसपछि चालकले आफ्नो गाडीको गति कम गर्छ।

प्रतिक्रिया