सावधान ! गर्भनिरोधक चक्की खानुहुन्छ ? यस्ता छन् असर

रिता घिसिंग

एजेन्सी : असुरक्षित यौन सम्पर्कपछि गर्भनिरोधक चक्की खानेको संख्या बढेको छ । युवतीदेखि विवाहित महिलाहरुले अस्थायी साधनका रुपमा यसलाई प्रयोग गर्ने गरेको पाइन्छ । नचाहेको गर्भ रहनबाट बच्न यी चक्कीहरू महिलाहरूका लागि सबैभन्दा सजिलो र भरपर्दो माध्यम पनि मानिन्छन्। तर यसको प्रयोगबाट स्वास्थ्यलाई कति हानि गर्छ भन्नेमा अनविज्ञ हुँदा स्वास्थ्यमा गम्भीर प्रकारका समस्या आउन सक्छ ।

केहि समय पहिले बेलायतमा गरिएको एक अध्ययनले गर्भ निरोधक चक्कीको अधिक प्रयोगले महिलाको स्वास्थ्यमा असर गर्ने देखाएको छ। बेलायतस्थित लिभरपुल युनिभर्सिटीको अनुसन्धान टोलीले गरेको एक अध्ययनअनुसार अधिक गर्भ निरोधक चक्की सेवन गर्ने महिलाहरूको रोग प्रतिरोधी क्षमता घट्नुका साथै शरीरमा रोगसँग लड्नका लागि रोग प्रतिरोधी तत्त्व घट्दै जाने देखाएको छ।

 

यसबाट महिलाहरूलाई अन्य रोगसमेतले प्रभाव पार्न सक्छन्। १०० महिलामा गरिएको अनुसन्धानबाट महिलाहरूले नियमित गर्भ निरोधक चक्कीहरूको सेवन गर्दा गर्भपतनको समेत खतरा हुने देखाएको छ। अझ यस्ता गर्भ निरोधक चक्कीहरूको सेवनले भविष्यमा गर्भ नै नबस्ने खतरासमेत बढेर जाने अनुसन्धानले देखाएको छ।

 

गर्भ निरोधक चक्कीहरू प्रयोग गर्ने महिलामा तत्कालीन रूपमा शरीरमा विभिन्न खालका हर्मोनहरूको गडबडी हुने, स्तन सुन्निने वा कडापन आउने, महिनावारीको बेला धेरै रगत जाने, मोटोपन बढ्ने, योनिमा संक्रमण हुने, आँखाको ज्योतिमा परिवर्तन हुने तथा यौन इच्छामा कमी आउने अनुसन्धानले देखाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू