पूर्वप्रेमी सलमानसँग अभिनय गर्न ऐश्वर्याले राखिन यस्तो शर्त

रिता घिसिंग

एजेन्सी : बलिउड कलाकार ऐश्वर्या राय बच्चन र सलमान खानको प्रेम प्रसंग बलिउडमा निकै चर्चामा रहेने गरेको छ । यो जोडीको प्रेम विवादको चर्चा बलिउडमा अहिले सम्म चलिरहन्छ । यो जोडीको अहिले सम्म बेलचाल छैन् ।

ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् भने सलमान लुलियासँग डेटमा छन् । तर भारतिय मिडियाका अनुसार कुनै समयका यी प्रेम जोडि पुन: पर्दामा देखिने सम्भावना बढेको बताइएको छ ।

 

ऐश्वर्याले एक म्यागजीनमा दिएको अन्तर्वार्तामा सलमानसँग अभिनय गर्न कुनै अफ्ठ्यारो नरहेको बताएकी थिइन‍् । उनले अगाडी भनेकी छन् यदि मलाई यस्तो अफर आएमा म विचार गर्ने छु, मलाई सलमानसँग अभिनय गर्न कुनै अफ्ठ्यारो छैन । यसका लागी चलचित्रको स्क्रिप्ट र निर्देशक सहि हुनुपर्छ । ऐश्वर्याको सो अभिव्यक्ति प्रति सलमानले कुनै प्रतिकृया दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू