आज सुपरस्टार अनुपम खेरको जन्मदिन, बिबाहित अनुपम परेका थिए किरणको प्रेममा

रिता घिसिंग

पिएनपिखबर : बलिउडका सुपरस्टार अनुपम खेर आज ६४ बर्षमा लागेका छन् । उनको जन्म ७ मार्च १९५५ मा शिमलामा भएको हो। ३५ बर्षको सिनेमा  कर‍ियरमा उनले बलिउड र हलिउड गरि झन्डै ५०० चलचित्रमा काम गरिसकेका छन्। अनुपम खेरले अभिनेत्री किरण खेरसंग दोस्रो बिबाह गरेका हुन्। दुवै जनाको प्रेम कहानी निकै चाखलाग्दो छ। 

अनुपम खेरले आफ्नो करियरको सुरुवात २८ बर्षको हुदा गरेका थिए। पहिलो फिल्ममा उनले ६५ बर्षिय वृद्धको भूमिका निभाएका थिए। यस रोलका कारण उनि सिने जगतमा छाउन सफल भए। उनको पहिलो फिल्म  ‘सारांश’  आज पनि उनको सब भन्दा शानदार फिल्मको लिस्टमा पर्छन। उक्त फिल्मको निर्देशक  महेश भट्टले गरेका थिए। उनको मेहेनतका कारण उनले बलिउडमा काम पाउन थाले। 

 

किरण र अनुपम खेरको भेट चंढीगढ़ भएको थियो। तब अनुपम बिबाहित थिए। १९७९ मा उनको पहिलो बिबाह भएको थियो। तर उनि यो बिबाह देखि खुसि थिएनन। १०८०मा उनको भेट किरणसंग भयो। 

। 

 

त्यसपछि उनीहरु साथी भए। उनीहरु संगै घुम्ने कुराहरु शेयर गर्ने गर्न थाले। त्यसपछि किरण मुम्बई गएर गौतम बेरीसंग बिबाह गरे। तर किरण पनि बिबाहपछि खुसि थिएनन। बिबाहपछि पनि अनुपम र किरण बीच मित्रता कायम नै थियो। एकपटक किरण कलकत्ता गएका थिए।  तब उनीहरु एक अर्कालाई हेरेको हेरै भयो। 

 

किरणको कोठामा अनुपम आएर उनले भने ‘सायद म तिम्रो मायामा फसिसके।’ त्यसपछि किरणले गौतमसंग सम्बन्धविच्छेद गरे अनि दुवैले १९८५मा बिबाह गरे। 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू