बाहिरियो सारा र कार्तिकको यस्तो चुम्बन दृश्य

रिता घिसिंग

एजेन्सी : चलचित्र ‘केदारनाथ’बाट बलिउडमा सफल डेब्यू गरेकी सारा अलि खान हाल आफ्ना बाबु अभिनित ‘लव आज कल’को सिक्वलमा व्यस्त छिन्। चलचित्रमा उनको जोडीअभिनेता कार्तिक आर्यन बनेका छन् । कार्तिक तिनै अभिनेता हुन् जोसँग साराले आफू डेट जाने इच्छा व्यक्त गरेकी थिइन्। अहिले   कार्तिक र साराको चुम्बन गर्दै गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ। 

बस्ताबमा ‘लब आज कल २’को सुटिङका क्रममा सिनेमाका लागि लिइएको ‘किस सिन’को भिडियो हो।   सो चुम्बनको दृश्यलाई उनीहरूको एक फ्यानपेजबाट सार्वजनिक गरिएको हो।  भिडियोमा उनीहरूलाई रोमान्टिक मुडमा चुम्बन दृश्य दिदैं गरेको देख्न सकिन्छ।

 

सारा र कार्तिकले एकअर्कालाई ‘सिम्बा’को प्रचार पार्टीका क्रममा पहिलो पटक भेटेका हुन्। सो भेट अभिनेता रणवीर सिंहले जुराइदिएका हुन्। त्यतिबेला रणवीरले सारा र कार्तिकलाई जिस्काउँदै एकअर्काको हात थमाइदिएका थिए। यसको भिडियो पनि सामाजिक संजालमा भाइरल भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू