काठमाडौँ, २३ फागुन : आज साताको पाँचौ दिन अर्थात बिहिबार पनि सुनको मूल्य घटेको छ। हिजो बुधबार ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लोगेको छ। हिजो ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको आज ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि आरोलो लागेको छ। हिजो प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।