नायिका जाह्नवीले काटिन् तरबारले केक

रिता घिसिंग

 एजेन्सी :  बलिउड अभिनेत्री जाह्नवी कपुरले बुधबार आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । आमा श्रीदेवीको मृत्युपछि यो उनको दोस्रो जन्मदिन हो ।  तर, रमाइलो कुरा के छ भने जाह्नवीले आफ्नो जन्मदिनको केक भने तरबारले काटेकी थिइन् । जाह्नवीले तरबारले केक काट्दै गर्दा थोरै असहज महशुश गरेको देख्न सकिन्छ। उनले बलिउडमा फिल्म धडकबाट डेब्यू गरेकी थिइन् । अहिले उनी आउँदै गरेका फिल्म तख्त र गुंजन सक्सेनाको बायोपिकमा व्यस्त छिन् । 

गुंजन कारगिल युद्धको समयमा भारतीय वायुसेनाकी महिला पाइलट थिइन् । उनी भारतकी प्रथम महिला एयरफोर्स पाइलट हुन् । जाह्नवीको जन्म ६ मार्च १९९७ मा भएको थियो । जाह्नवीकी महिनी खुसी पनि अब बलिउड डेब्यूको तयारीमा छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू