पिएनपीखबर : मुम्बईमा एक ३२ बर्षिय महिलाका पतिले तेस्रो बिबाह गरेको भन्दै सौताको घाँटी थिची हत्या गरेका छन। यस्तो जघन्य अपराधमा उनकी सौतेनी छोरीले पनि साथ दिएकी थिइन्। ३५ बर्षिय योगिता देवरेको शव १ मार्चमा नालासोपारा फेला परेको थियो ।
त्यस ठाउँमा रहेको सीसीटीभी फुटेजमा एक अटो रिक्साको पहिचान गरिएको भयो। अटो चालकको मद्दतमा पार्वती माने नामकी महिला पक्राउ गरिएको हो । उनि ४५ बर्षिय कन्ट्याटर सुशील मिश्राका दोस्रो पत्नी हुन्।
सुशीलको पहिलो पत्नी उत्तर प्रदेश बस्छन्। तर उनको २ छोरी भने सौतेनी आमा पार्वती मानेसंग मुम्बईको नालासोपारामा बस्थे। प्रहरीका अनुसार एक साल अघि सुशीलले योगितासंग बिबाह गरेका थिए। आफ्नो दोस्रो पत्नी र दुइ छोरीलाई छोडेर योगिताको घरमा आएर बस्न थालेका थिए। पार्वतीका अनुसार पतिले घरमा आर्थिक सहयोग गर्न छोड्नुका साथै सुशीलले दोस्रो पत्नीसंग शारीरिक सम्बन्ध राख्न पनि छोडीसकेका थिए। साथै पतिले तेस्रो पत्नीको सामु बेज्जत गरेका थिए।
आफ्नो बेज्जत भएको रिसको चुरमा उनले सौतालाई मार्ने योजना बनाए। घटना घटेको दिन पति आफन्तको बिबाहमा सामिल हुन् गएका थिए। सोहि मौकामा छोरीसंग योगिताको घरमा गए। त्यहाँ रहेको सेक्युरेटी गार्डलाइ रक्सि खुवाएर घरको चाबी लिएर योगिताको घरमा छिरे। एक्लै भएको मौका छोपी घाँटी थिची हत्या गरि ब्वाईफ्रेन्डलाई अटो बोलाउन लागएर शवलाई हस्पिटल लैजान्छु भन्दै अन्तै फ्याँकी दिएका थिए।