जर्मनीका राजदूत निस्कासनबारे भेनेजुयलाले पुनः सोच्नेछ : इयू

admin

ब्रसेल्स, जर्मनी, २३ फागुन: भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश निकाला गर्न दिएको निर्देशनबारे भेनेजुयलाले पुनःविचार गर्नेमा यूरोपेली संघ (इयू) आशावादी रहेको बिहीबार इयूले जनाएको छ । द्वन्द्वरत पक्षसँग सबै प्रकारका सञ्चार कायम राख्न चाहेको र यसमा भेनेजुयलाको निर्वाचित मदुरो सरकारले सोचविचारसहित अघि बढोस् भन्ने आफ्नो धारणा रहेको इयूले बताएको हो । 

“भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश छोड्न दिइएको दवावप्रति हामी खेद व्यक्त गर्दछौँ,” इयू विदेश नीति प्रमुख फेडरिका मोघेरिनीका प्रवक्ता माजा कोसियान्किले भन्नुभयो । “भेनेजुयलाले राजदूत फिर्ता गर्ने निर्णयलाई पुनः सोच्नेमा हामीले विश्वास लिएका छौँ ।” 

-रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित समाचारहरू