कर्मचारीले घुस मागेर हैरान पारेपछि किसानले जिपमा बाँधिदिए भैसी

रिता घिसिंग

एजेन्सी : एक किसानले घुस माग्ने कर्मचारीदेखि हैरान भएर अनौठो कदम चालेका छन् । किसानले कर्मचारीको गाडीमा आफ्नो भैंसी बाँधीदिएका छन । 

मध्य प्रदेशको टीकमगढको खडगपुरका पञ्जिका अधिकारी सुनील बर्माले किसानसँग जमीनको दाखिल–खारेजका लागि एक लाख रुपैयाँ घुस मागेको आरोप छ ।

 

एसडीएम बंदना राजपूतले किसानलाई औपचारिक रुपमा मुद्दा दर्ता गराउन भनेको बताइन् । भैंसीलाई सरकारी कर्मचारीको गाडीमा बाँधेपछि यो विषयले निकै चर्चा पाएको छ । 

 

५० वर्षीय किसान लक्ष्मी यादवले भने, ‘पञ्जिका अधिकारीले एक लाख रुपैयाँ घुस मागेका थिए । मैले ५० हजार दिएको पनि थिएँ । अब मसँग पैसा छैन। यसैले मैले उनलाई आफ्नो भैंसी घुस दिएँ ।’ 

 

मीडिया रिपोर्टका अनुसार टीकमगढका कलेक्टर सौरभ कुमार सुमनले बलदेवगढका एसडीएमलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । यसपछि किसानले एसडीएम समक्ष लिखित उजुरी दिएका छन् ।

 

कलेक्टरले यदि आरोप प्रमाणित भए कडा कारबाही हुने बताएका छन् । 

 

प्रतिक्रिया