अन्जान घरको बाथरूममा आफ्नो मुत्यु कुरिरहेकी आमाको हृदयविदारक जीवनकथा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। भक्तपुर स्थित मानव कल्याण समाजले वेवारिसे सडक मानवलाई उद्दार गर्दै आफ्नो आश्रममा आश्रय दिएर पुण्यकम गरिरहेको छ। यस सेवा घरले सडकपेटि तथा सार्वजनिक स्थलहरुमा रहेका मनोरोगी र बेवहारीसे व्यक्तिहरुलाई उद्दार गरी गास, बास, कपास, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरिरहेको छ।

उद्दार कै क्रममा भर्खरै एक बृद्ध आमालाई उद्दार गरिएको छ। प्रविन श्रेष्ठ, कृष्टिना श्रेष्ठ र दिपक डोटेल मार्फत उनलाई उद्दार गरेर मानव कल्याण समाजमा ल्याइएको हो। उनी काठमाडौँ नरदेवीको एक घरमा टोइलेटमा आफ्नो मृत्यु कुरेर बसिरहेको अवस्थामा भेटिएकी थिईन्। उनी सडकमा मागेर कसैले दिए खानी नत्र भोकै बस्ने गर्थिन्।

उनले १८ वर्ष एक विद्यालयमा काम गरेको उनी बताउछिन्। उनको भनाई अनुसार पिउनमा नियुक्ति भएको बेला बालबच्चालाई स्याहारेको बापत उनी त्यो बेलामा नै दश हजार तलब बुझ्थीन। उमेर छदा जति नै कमाए पनि अहिले उनको बुढेसकालमा उनको शाहारा कोहि छैन। उनको छोराहरु भएको तर आफ्नो नभई झट्केला छोरा भएकोले कोहि छोराले पनि आमालाई नहेरेको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले बताइन्।

आमालाई अहिले सुमित्राले नै रेखदेख गरिरहेकी छिन्। भात चपाउन सक्दिन। चिया बिस्कुट कै शाहारा छ भन्दै आमाले सारीको सप्को काधमा हालिन्। निलो सारीभित्र उनले दुईवटा पटुकी बाधेकी छिन्। कम्मर दुखेर उनी उभ्भिन पनि सक्दिनन्। त्यसैले उनले कसेर दुईवटा पटुकी नियमित बाध्ने गर्छिन्। अहिले उनको दैनिकी मानव समाज कल्याणको आगनमा न्यानो घाम ताप्दै बित्छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया