राधिकाको परिवारलाई पत्रकारले सहयोग गरे यति धेरै रकम (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पैसा भगवान त होइन तर भगवान भन्दा कम छैन भन्ने भनाई राधिका राईको जीवनमा ठ्याक्कै मेल खान गएको छ । २४ बर्षिया राधिका राईको उपचारका लागि समयमा नै पैसा जुट्न नसक्दा संसारबाट नै उनी बिदा हुन् पुगिन।

बाल्यकाल देखि नै राधिका छारे रोगबाट ग्रसित थिईन। गत फागुन १ गते छारे रोगकै कारण आगोमा पर्दा राधिका चिच्चाई रहिन्, उनको चित्कार सुन्ने त्यो बेला कोहि नभएजस्तै परिवारले मात्र ३० हजार जुटाउन नसक्दा आफुले बाच्न पाउने अधिकार समेत गुमाउनुपर्यो।

आजभन्दा लगभग ५ वर्ष अघि पनि यहि रोगका कारण आगोमा ढल्दा उनको दाहिने हातको आधा भाग काटीसकिएको थियो। १ गते उनी पुन आगोमा जलेपछि धरानस्थित घोपा अस्पताल लगियो तर त्यहाँ उपचार सम्भब नभएपछि भोलिपल्टको दिन काठमाडौँको साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा ल्याइएको थियो । राधिकाको आगोमा जलेको कारण हात काट्नुपर्ने अवस्था आयो। अप्रेशनको लागि ३० हजार लाग्ने रहेछ।

आर्थिक अभावको कारण उपचार नै रोकिने भएपछि पिएनपि मिडियाले उपचारको लागि लाग्ने ३० हजार संकलन गर्नको लागि सडक अभियान संचालन गर्दै गर्दा राधिका राई यो संसारबाट बिदा भएको खबर सुन्दा मन नै गरुङ्गो भएर आयो । राधिका राइको उपचार गराएर उनको जीवनमा थोरै भएपनि खुशी दिने हाम्रो प्रयास असफल भयो ।

पिएनपि मिडियाबाट पत्रकार सर्मिला गुरुङ, पुजा बानियाँ र मनिषा थापाले राधिका र उनको परिवारलाई परेको बज्रपात अनि बिशेष गरेर ३० हजारको अभावको कारण रोकिएको उनको हातको अप्रेसनको लागि सहयोग गरेर सोमबार हुने भनिएको उनको अप्रेसनको लागि सडकमा अभियान चलाउने प्रण गरे ।

यहि अनुरुप आइतबारको दिन सडकमा सहयोग संकलन गर्दै जाँदा जति रकम संकलन हुन्छ त्यसमा नपुग रकम पिएनपि मिडियाको तर्फबाट हाल्ने गरि अभियान शुरु त गरियो तर बिहान १० बजेबाट शुरु गरिएको अभियान ३ बजे अकस्मात रोक्नुपर्यो कारण थियो राधिका राईको मृत्युको खबर ! जोशका साथ् अफिसको एक दिनको काम नै छाडेर हिडेका हामी पिएनपिटीमलाई मृत्युको खबरले छाँगाबाट खसे जस्तै भयो र अभियान त्यही रोकेर कार्यालयतर्फ आइपुग्यौ।

राधिकाको शब अन्तिम संस्कारको लागि पशुपति आर्यघाटमा ल्याउने खबर थाह भएपछि जोशका साथमा सुरु भएको अभियानबाट संकलन भएको १३ हजार २ सय ७०  रुपैया उनको परिवारलाई हस्तान्तरण गर्ने उद्देश्य सहित मनमा पिडा बोकेर पत्रकार सर्मिला गुरुङ पशुपति पुगिन।

राधिकाको परिवारले ऋण गरेर उपचार गरिरहेको अवस्थामा थोरै भएपनि सहयोग होस् भन्ने हेतुले अन्तिम संस्कारमा सहभागी हुँदै पत्रकार सर्मिला गुरुङ संकलित रकम राधिकाको बुबा मच्छिन्द्र राई र आमा रामला राईलाई हस्तान्तरण गर्न पुगिन।

राधिका राईको आत्माले शान्ति पावोस र शोक सन्तप्त परिवारलाई धैर्य धारणको शक्ति मिलोस यहि कामना गर्दछौ। साथै पिएनपि परिवार राधिका राईलाई बचाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक नमन गर्न चाहन्छौ। 

 

प्रतिक्रिया