बारमा गोली चल्यो,कम्तिमा १४ जनाको मृत्यु

admin

मेक्सिको सिटी, मेक्सिको, २५ फागुन : मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागु औषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षाकर्मीले पुष्टि गरेको छ । 

-रासस 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू