यी १६ बर्षिय किशोरीले जुम्राबाट छुट्कारा पाउन पेट्रोलले धोईन कपाल, त्यसपछि यस्तो भयो उनको हाल

रिता घिसिंग

पिएनपिखबर : टर्कीमा १६ बर्षिय एक किशोरीलाई आफ्नो साथीहरुको सल्लाह मान्नु भारी भएको छ। उनको टाउकोमा जुम्रा परेको थियो। जुम्राबाट छुट्कारा पाउनको लागि उनका साथीहरुले पेट्रोलले कपाल धुनुपर्छ भन्ने उपाय सिकाईदिएका थिए । उनले साथीहरुको सल्लाह अनुसार कपाल पेट्रोलले धोईन। त्यसपछि उनि हात गल्तिले स्टोभमा के परेको थ्यो उनको शरीरमा आगो लाग्यो। 

घटना एर्जिन्कन प्रॉविन्सको हो। पिता एरदालका अनुसार छोरीले  पेट्रोल हीटरबाट पेट्रोल निकालेर कपाल धोएकी थिइन्। यसै दौरान उनले गल्तिले हिटर छुन पुग्यो र शरीर भरि आगो लाग्यो। 

 

छोरी बाथरुममा चिच्याएको सुनेर पिता बाथरुप पगे। तब छोरीको शरीर पुरै जलि रहेको थियो। उनले छोरीलाई बचाउन टावलले शरीर बेरीदिए । इमर्जेन्सीमा कल गरि हस्पिटल पुर्याए। 

प्रतिक्रिया