उकालो लाग्यो सुनको भाउ

शर्मिला गुरुङ

काठमाडौं, २६ फागुन : आज साताको पहिलो दिन अर्थात आइतबार अघिल्लो साता निरन्तर ओरालो लागेको सुनको मुल्य बढेको छ । नेपाली बजारमा छापावाल सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर आज प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य ६० हजार २ सय रहेको थियो ।

आज तेजावी सुनको मुल्य पनि उकालो लोगेको छ। शुक्रबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी आज सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार प्रतितोला ७३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया