दुलाहा कालो भएको भन्दै बिबाहको मण्डपबाट भागिन दुलही

रिता घिसिंग

पिएनपीखबर : अहिले समाजिक संजालमा एउटा  भिडियो  निकै भाइरल भइरहेको छ। हुन त यो भिडियो एक बर्ष अगाडीको हो। भिडियोमा दुलहीले दुलाहालाई ५ मिनेटसम्म हेर्छन  र  माला फ्याकेर ‘म यो बुढासंग बिहे गर्दिन मसंग धोका भएको छ।’ भन्छिन।  दुलहीका पिता भन्छन ‘बिचौलियाले झुट बोलेर बिबाह तय गरेका थिए। हामीलाई दुलाहाको उमेर ३० वर्ष भनेको थियो। हामीलाई धोका दियो। ‘

 घटना मुंगराबादशाहपुर हो। सरायरुस्तम गाउमा बस्ने  राम करणकी छोरी ऊषाको बिबाह अरविंद कुमारसंग हुदै थियो। दुलहीले स्टेजमा रहेको परिवारलाई बिबाह गर्दिन मलाई धोका भएको छ भने थिए तर परिवारजनले जवर्जस्ती बिबाह गर्न लगाएका थिए। 

 

आफन्तजनले दुलाहा दुलही दुवैलाई आशिर्बाद दिदै थियो। सोहि क्रममा दुलही चिच्याउन थालिन र उनले लागएको वरमाला फ्याली दिईन। र भन्न थालिन ‘मसंग ठुलो धोका भएको छ म आफ्नो जिन्दगि बर्बाद गर्न चाहन्न। मलाई भनेको थियो केटाको उमेर ३० बर्ष र अलि कालो छ तर यो त एकदम कालो छ साथै बुढो पनि देखिन्छ। ‘ त्यसपछि स्टेजबाट झरेर युवती सिधै आफ्नो घर गईन।

 

दुलाहाका पिता भन्छन ‘मेरो छोरा दिल्लीमा बसेर बिजनेस गर्छन। उनको उमेर ३० बर्ष नै हो। युवतीले झुट आरोप लगाएको हो। हामी कसैको छोरीको बदनाम गर्दैनौ। यदि मेरो छोरीले बिबाह अस्विकार गरेको भए पनि हामीले उनको साथ दिने थियौ।’

प्रतिक्रिया