राति आमाले १८ महिने छोरीको छेउमा राखेकी थिइन् टेडी बियर, त्यहि टेडी बियरका कारण गयो यी अबोध बालिकाको ज्यान

रिता घिसिंग

पिएनपिखबर : स्कटल्याण्डका एक महिलाले आफ्नो एक गल्तीले १ बर्ष अघि आफ्नो छोरीलाई गुमाएपछि अहिले सबै अभिभावकलाई सचेत गराउदै छिन। महिलाले १८ महिनेकी छोरीलाई उसको कोठामा सुताएकी थिइन्। बेडबाट नझरोस भनि उनले बेड नजिक ठुलो साइजको टेडी बियर राखी दिएकी थिइन्। तर यस टेडीको बीच छोरीको निस्सासिएर मृत्यु भयो। अब बालिकाकी आमा अरु अभिभावकलाई सामाजिक संजाल मार्फत सचेत गराउदैछिन।

घटना डूंडीमा बस्ने डेक्सीको साथ २०१८ को मार्च ६ मा घटेको थियो। महिलाले सधै झैँ राती छोरीलाई कोठामा सुताएर आएकी थिइन्। उनले छोरीको छेउमा ठुलो टेडी बियर राखी दिईन ताकी छोरी भुइँमा नझरोस। बिहान उठेर छोरीलाई उठाउन कोठामा पुगिन तब उनि भावविह्वल भईन। तब छोरीको मृत्यु भैसकेको थियो।

डेक्सी भन्छिन ‘यस घटनाले मेरो जिन्दगि उजाडीएको छ। छोरीको मृत्युको जिम्मेवार म आफै हु। जरुरत भन्दा बढी सर्तकता अपनाउन मैले टेडी राखे। त्यहि टेडीले मेरी छोरीको ज्यान लियो।

घटना घटेको १ सालपछि डेक्सीले अरु अभिभावकलाई सचेत रहनको लागि आफ्नो सामाजिक संजालमा आफ्नो पुरै कहानी लेख्दै बच्चाहरुको वरिपरि यस्तो चिज नराख्न सावधान गराउदैछिन।

प्रतिक्रिया