यी हुन् विश्वकै सबैभन्दा सानो बच्चा, जसको तौल मात्र २६८ ग्राम

रिता घिसिंग

एजेन्सी : जापानको राजधानी टोकियोमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म भएको छ । जन्मिँदा शिशुको आकार एक दाना प्याज बराबरको थियो, जो कसैले पनि बच्चालाई हत्केलामा अटाउन सक्थे।

टोकियोको कियो युनिभर्सिटीको अस्पतालमा जन्मेको यस शिशुको तौल जन्मिदा २ सय ६८ ग्राम मात्र थियो ।  यो शिशुको जन्म ुप्रिम्याचुअर बेबीुको रुपमा २४ हप्तामा भएको हो । बच्चालाई जन्मेको पाँच महिनासम्म सघन उपचार केन्द्र (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

 

अघिल्लो हप्ताको बिहीबार मात्र उपचारपछि बच्चालाई सकुशल घर पठाइएको छ । अहिले बच्चाको तौल तीन किलो छ । सबैभन्दा सानो तौलको जन्मिएर सकुशल घर पठाइएको यो पहिलो रकेर्ड भएको कियो युनिभर्सिटीका डाक्टरले बताएका छन् ।

 

टोकियोका एक प्रोफेसरले ओवाज युनिभर्सिटीमा विश्वका सबैभन्दा कम तौल भएका बच्चाहरुको रेकर्डलाई उद्धृत गर्दै भने, ‘यो भन्दा अगाडिको रेकर्ड सन् २००९ मा जर्मनीमा जन्मेको २७४ ग्रामको बच्चाको थियो ।’

प्रतिक्रिया