यस्तो पीडा कसैलाई नपरोस् ! २ अपाङ्ग छोरा पाल्न अरुका बाख्रा हेर्ने बाआमाको दर्दानाक अवस्था [भिडियो सहित]

शर्मिला गुरुङ

पोखरा, २७ फागुन : पोखरा महानगरपालिका –१३ स्थित डिही गाउँमा पहिले ४२ घर धुरी थिए तर अहिले जम्मा जम्मी ११/१२ घर धुरी छन् । त्यसै मध्ये एक हुन् पूर्ण बहादुर नेपाली । पूर्ण बहादुर र देवु नेपालीका २ वटा छोरा अपाङ्ग छन् । शिव र चेतवहादुर उठ्न र बोल्न पनि सक्दैनन् । उनीहरुलाई एक जनाले छोड्ने नमिल्ने पूर्णबहादुर बताउछन् ।


अपाङ्गता भएका दुई छोरा पाल्दै आएका पूर्णबहादुर र देवुलाई सहयोगको खाँचो रहेको छ ।
आमा देवुले अपाङ्ग दुई छोराहरु शिव र चेतवहादुरलाई अरुको घरमा बाख्रा गोठालो गर्दै खर्चको जोहो गरेर पालन पोषण गर्दै आएकी छिन् । जन्मदेखि नै अपाङ्ग भएका उनीहरुको बारेमा फेवा टेलिभिजनको कार्यक्रम “हामीलाई भन्नु छ”मार्फत् पनि प्रसारण गरिएको थियो ।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू