काठमाडौं, २७ फागुन : आज साताको दोस्रो अर्थात सोमबार सुनको मुल्य यथावत रहेको छ।
हिजो आईतबार ३ सय रुपैयाँले बढेर प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ भने तेजावी सुनको मुल्य पनि यथावत नै रहेको छ । हिजो ६० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि यथावत नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मुल्य पनि यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।