घट्यो सुनको मुल्य ! कतिमा कारोबार हुँदैछ ?हेर्नुहोस् …

शर्मिला गुरुङ

काठमाडौं, २८ फागुन : आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मुल्य ओरालो लागेको छ।

हिजो सोमबार प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। सोमबार ६० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि २ सय रुपैयाँले नै घटेर आज ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मुल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया