गोडाको हड्डी भाँच्चिएर धूलो भएकी नविना खनालको कथा ! [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २८ फागुन : तनहुँको दमौली नजिकै गुणादीमा हरेक दिन स्कुल जाने र आउने समयमा एक विद्यार्थी ह्विलचियर ठेल्दै गरेको देख्न सकिन्छ ।

पृथ्वी राजमार्गको सडकमा हजारौँ सवारी गुडिरहेका हुन्छन् समयको रफ्तारसँगै सवारीसाधन हुईकिरहेका हुन्छन् । त्यहि सडकमा बिहान ९:३० बजे र साँझ ४:३० बजे आनन्दले नविनालाई ह्विलचियरमा राखेर हिडिरहेका हुन्छन् ।

जन्मजातै क्याल्सियमको कमी भएकाले नविना खनालको गोडाको हड्डी भाँच्चिएर धूलो भएको छ अनि हातहरु बाङ्गो भएका छन् । नविनाका भाई हुन् आनन्द हरेक दिन दिदीलाई स्कुल लैजाने र ल्याउने गर्दारहेछन्, आनन्दले । अगाडी भेट्यौ । उनिहरुकी आमाको स्वर्गबास भईसकेको र बुबाले छोडेर गएको राजमार्गको छेउमा एउटा पसल गरेर बस्ने उनका मामा कृष्ण खनालले बताउनुभयो । नविना अहिले १५ वर्षकी भईन् । उनि कक्षा १ मा पढ्छीन् । भाई भने कक्षा ८ मा पढ्दा रहेछन् । हेर्नुह्स यी अपाङ्ग टुहुरी बालिकाको पिडा:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू