चलचित्र पशुपति प्रसादमा देखिएका जस्तै वास्तविक हनुमानजी पहिलोपटक मिडियामा (भिडियो)

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। गौशाला, काठमाडौँस्थित पशुपति परिसरमा धनुषा जिल्ला जनकपुरका ७५ वर्षका एक वृद्ध सधै हनुमानको भेषमा भेटिन्छन्। उनी आफ्नो नाम बाबु जी मुखिया बताउछन्। आफुलाई राम भक्त हनुमान बताउने उनी पशुपति जस्तो धार्मिक क्षेत्रमा हनुमानको माग भएकोले आएका हुन्। न्यास्रो घरपरिवारको न्यास्रो लागेको बेला उनी कहिलेकहिँ घर पनि जाने गर्दछन्।

उनी जहाँ जहाँ उनको माग हुन्छ त्यहिँ त्यहिँ पुग्ने गर्छन्। उनी आफुलाई भगवानले नै यसरि खटाएकोमा विश्वास गर्छन्। भजन भक्तिमा पनि उनको चाख छ। आफ्नो पुरा जीवन नै धर्ममा बिताउने उनको जीवनको संकल्प छ।

उनको वृद्ध अवस्था भईसकेको छ। अबको उनको उमेर भनेको बसेर खाने उमेर हो। यद्दपि उनी मन्दिरमा हनुमानको भेष धारण गरेर बसेका छन्। उनलाई देख्नेले उनीसंगै बसेर फोटो खिच्न रुचाउछन्। विशेष गरि साना साना बालबालिकाहरु उनीसँग बढी झुम्मिन्छन्। उनलाई रुचाउनेसँग फोटो खिचे बापत उनले भेटि स्वरुप पैसा पनि पाउने गर्छन्।

आफुले जम्मा गरेको पैसाले उनी आफ्नो गाउँमा कृष्ण मन्दिर बनाउने योजनामा छन्। मन्दिर आधि निर्माण बनिसकेको अब अधि बन्न बाँकी भएको उनले बताए। आफ्नो शरीरले सकुन्जेल उनी हनुमान नै बन्ने उनको इच्छा छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू