विप्लबलाई हिँसा माओवादीले नै सिकायो : आनन्द राम पौडेल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : विप्लब संगठनले गरेको क्रियाकलाप हिंसात्मक बन्दै आएको राजनीतिक विश्लेषक आनन्द राम पौडेलले अभिव्यक्ति दिएका छन्। यस्ता क्रियाकलापले निर्दोष सर्वसाधारणलाई समेत् क्षति पुग्दै आएको उनको गुनासो छ। विप्लबको हिंसात्मक गतिविधिको कारण सरकारले राजनीतिक प्रतिबन्ध लगाएको उनको अनुमान छ।

पौडेलले विपल्बलाई हिँसा मच्चाउन सिकाउने माओवादी रहेको आरोप लगाएका छन्। उनी भन्छन, ‘माओवादीले हिँसा, हत्याको सस्कृति स्थापित गर्न सिकाए। जवर्जस्तीको हिंसात्मक क्रियाकलाप गरेर ताण्डब मच्चाउने काम माओवादीबाट २०५२ साल देखि हुँदै आयो । यस्ता गतीविधिले जनमानसको मनोविज्ञानमा हत्या, हिँसा आतंक मच्चाएपछि सफल हुने रैछ भन्ने धारणा जाग्यो जसले गर्दा सामान्य कुरामा समेत् आतंक मच्चाउने प्रवृति बन्यो।’

सरकारले विद्रोहीशक्तिलाई वार्ताको जिम्मेवारी दिएको र वार्ताको लागि पटकपटक पहल गर्दा  समेत् वार्तामा नआई हिंसात्मक विकल्प रोजेको उनले बताए।

राजनीतिक भन्दा पनि हिँसा मै रमाउने विप्लब, सिके राउत देखि माओवादीहरुको प्रवृति रहेको उनको आरोप छ। त्यस्तै, सिके राउतसँग सम्झौता गर्नु सरकारको पनि कमी कमजोरी भएको उनले अभिव्यक्ति दिएका छन्।

सरकारले लोकतान्त्रिक ढंगबाट नगई राउतसँग सम्झौता गर्नु सरकारको गल्ति रहेको उनले जनाए। राउतको जीन मै राष्ट्रभाव नभएको उनले बताए । युरोपिएन युनियनले हुल बाधेर सिके राउतको घरमा गएर उनलाई आर्थिक सहयोग गर्दै विखण्डन गर्न उचाल्ल्दै आएको पौडेलको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू