शिशिरको ‘हाम्रो माया जिन्दावाद’ मा तीन जोडी जुम्ल्याहाको अभिनय [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। चर्चित कलाकार, संचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको नँया गीत सार्बजनिक भएको छ। महँगो बजेटमा निर्माण गरिएको ‘हाम्रो माया जिन्दावाद’ बोलको यस गीतको प्रतिक्षा उनको फ्यान लगायत सबैले गरेका थिए। निकै आकर्षक बनेको यस गीतमा युट्युबर शिशिर भण्डारीसँग टिकटककि क्विन जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ। ‘हाम्रो माया जिन्दावाद’को अफिसियल भिडियो निकै उत्कृष्ट बनेको छ।

अहिले सम्म अन्तर्वार्ता र टिकटकमा देखिएकी जुम्ल्याहा क्विन प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको यो पहिलो म्युजिक भिडियोमा हो। उनीहरुको अभिनयले भिडियो निकै उत्कृष्ट बनेको छ। उक्त गीतको भिडियो शिशिरले आफ्नो जन्मदिन पारेर गीत सार्बजनिक गरेका हुन्। सानैदेखि गायन क्षेत्रमा पनि रुचि भएका शिशिर भण्डारीले यो गीत आफैले गाएक छन्।

शिशिरकै शब्द रहेको गीतमा राजनीति र माया मिश्रण गरी शब्द कोरिएको छ। यस गीतमा प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको जोडी सहित दिपा दमंताको जोडी साथै एक जोडी जुम्ल्याहा युवकको जोडी समेत भिडियोमा देख्न सकिन्छ। शिशिरले यस गीतमा तीन जोडी जुम्ल्याहरुलाइ अभिनय गराएका छन् । गीतको अन्तमा प्रिज्मा र प्रिन्सीले पनि जुम्ल्याहा दाजुभाईसंगै प्रेममा फसेको देखाइएको छ ।

प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको यस गीतमा शिशिर भण्डारीले समेत निकै दमदार अभिनय गरेका छन्। करिब ४ लाखको आसपासमा खर्च भएको यस भिडियोमा सबै उत्कृस्ट प्राबिधिक रहेका छन्। कुनै ठुलो बजेटको फिल्म भन्दा राम्रो यो गीत बनेको छ। युटुबमा पनि गीतले तहल्का पिटिरहेको छ सँगै रिलिज भएको अनमोल केसीको गीतलाई पनि पछार्दै युटुबको ट्रेन्डिंग नं. २ मा छ।

म्युजिक भिडियो हेर्नुहोस् :

प्रतिक्रिया