छोरालाई खुकुरी प्रहार गर्ने बाबु पक्राउ

admin

भद्रपुर, ३ चैत: झापाको बुद्धशान्ति गाउँपालिकामा छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । बुद्धशान्ति–५ स्थित पानीघट्टाका ६३ वर्षीय हर्कबहादुर कुमालले घरायसी विवादमा छोरा ३५ वर्षीय वसन्तलाई खुकुरी प्रहार गरी शनिबार घाइते बनाएका हुन् ।

 टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते वसन्तको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । छोरालाई खुकरी प्रहार गरी घाइते बनाउने हर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । 

 

प्रतिक्रिया