सिक्का खसाल्नुहोस्, प्याड लिनुहाेस्

admin

भैरहवा, चैत ४ :  हामीलाई थाहा छ महिनावारीका कारण नेपालका कतिपय ठाउँका छात्रा विद्यालय जान सकेका छैनन् । यसले महिनामा एउटी छात्राको करिब ४  ५ दिन पठनपाठन रोकिने गर्छ । यस्तो समस्या ग्रामीण क्षेत्रमा अझ विकराल छ ।

तर रुपन्देही भैरहवास्थित बुद्धज्योति माध्यामिक विद्यालयका विद्यार्थी महिनावारीको समस्यबाट मुक्त हुन पाएका छन् । यो विद्यालयले आफ्ना विद्यार्थीलाई लक्ष्य गरी स्यानिटरी प्याड भेन्टिङ मेसिन राखेको छ, जहाँ विद्यार्थीले एक रुपैयाँको सिक्का हालेपछि स्वचालित रुपमा प्याड निस्कन्छ ।

 

हुन त यसअघि पनि विद्यालयले छात्रालाई प्याड दिने गरेको थियो । तर आवश्यक परेको बेला र शिक्षिका नहुँदा विद्यार्थीले प्याड माग्न गाह्रो मान्थे । स्वतालित मेसिन राखेपछि भने छात्रालाई न कसैसँग प्याड माग्ने झन्झट भएको छ, न त रकमकै । एक रुयैयाँ सिक्का पनि विद्यालय आफैले उपलब्ध गराई मेसिन नजिकै राखिदिएको छ । यो समाचार सलमान खानले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया