फुलन्देकी आमाको दोहोरो भूमिकामा यस्तो बन्यो सुनिल मगरको “लेकैमा”[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ४ चैत्र : गायक सुनिल मगरको नयाँ म्युजिक भिडियाे बजारमा आएको छ । भवनी कंडेलको शब्द, विक्रम थापाको संगीत र सन्दिप कार्कीको संगीत सम्योजन रहेको सेलो पप गीत भिडियोसहित भिमफेदी गाईजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

कालिञ्चोकको रमणीय स्थानमा छायांकन गरिएको यस गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा) र मोडल निरान्जली लामाको दमदार अभिनय रहेको छ। उमेश राईको दोहोरो भुमिका रहेको उक्त गीतको भिडियोमा माधव, मन्जु, पासङ र गायक स्वयमको पनि अभिनय देख्न सकिन्छ।

भिमफेदी गाईजको फीचरिङ्ग यस भिडियोलाई पवन सुस्लिङले निर्देशन तथा सम्पादन गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया