बाणको घातक प्रहारलाई रोकेर स्मार्टफोनले बचायो ४३ बर्षिय व्यक्तिको ज्यान

रिता घिसिंग

एजेन्सी : न्यू साउथवेल्सका स्मार्टफोनले बाणको घातक प्रहारलाई रोकेर एक व्यक्तिको ज्यान बचाएको छ । पीडित व्यक्तिको चिउँडोमा हल्का चोट लागेको छ तर तीरले होइन अनुहारमा स्मार्टफोन ठोक्किँदा चोट लाग्यो । चोट सामान्य थियो र डाक्टरकहाँ जाने आवश्यकता पनि परेन । ४३ वर्षका व्यक्ति कारमा निंबिस्थित आफ्नो घर जाँदै थिए । घरबाहिर उनले कार रोक्दा अगाडि एक व्यक्ति धनुष बाण लिएका अवस्थामा देखिए । कार सवार व्यक्तिले उनको फोटो खिच्न स्मार्टफोन हातमा लिए । 

धनुष बाण लिएका व्यक्तिको फोटो खिच्नको लागि उननले स्मार्टफोन अगाडि ल्याए । त्यही बेला बाण आएर स्मार्टफोनमा लाग्यो । बाणको गति यति तीब्र थियो कि उसले फोनलाई छेडेर वारपार भयो । बाण लागेपछिको धक्काले फोन ती व्यक्तिको अनुहारमा ठोक्कियो । न्यू साउथ वेल्सको पुलिसले आक्रणकारीको पहिचान गरेको छ । ३९ वर्षका धनुर्धारी निंबिनकै हुन् । पुलिसले उनलाई पक्राउ गरेर लिसमोर अदालतमा पेश गरेको छ जहाँबाट उनलाई जमानतमा रिहा गरिएको छ । पुलिसले पनि बाणले छेडेको फोनको फोटो फेसबुकमा अपलोड गरेको छ । जुन अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू