नयाँ बर्षको सुरुवातमा विराटनगरमा आयोजना हुन लागेको एनसिएल महिला टी २० प्रतियोगिताका लागि नायिका रेखा थापाले क्रिकेट टिम नै खरिद गरेकी छिन् ।आगामी बैसाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा आयोजना हुन लागेको एनसिएल महिला टी–२० प्रतियोगिताका लागि नायिका थापाले क्रिकेट टिम नै खरिद गरेकी छिन्। रेखाले टी–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन्।रेखाले आफूले १४ वर्षदेखि महिलाको क्षेत्रमा काम गरेको बताउँदै महिला क्रिकेटमा पनि योदगान दिन टिम खरिद गरेको बताएकी छिन् ।
रेखा थापा पछिल्ला दिनहरुमा चलचित्रको पर्दामा मात्र होइन सामाजिक कर्ममा पनि उत्तिकै सक्रिय देखिन्छिन् । उनले रेखा थापा फाउन्डेसन नै खोलेर सामाजिक कर्म गर्दै आएकी छिन् । फाउण्डेसनको सुभारम्भ गर्दै थापाले वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दाङका गणोश बिकको परिवारलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । यस्तै थापाले आफूले यो फाउण्डेसन मार्फत चार जना राउटे बालबालिकालाई पढाउने उद्घोष गरेकी थिईन् ।
यस अघि गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस–सुन्तलीलाई एक लाख रुपैँया सहयोग गरेकी थिईन् । यस्तै नायिका थापाले आर्यघाटमा भुकम्प पिडितहरुको शव जलाउने पैसा नहुनेहरुका लागि समेत धेरै सहयोग गरेकी छिन् । उनले भुकम्पकमा घर भत्किएका ५ जना पत्रकार र प्राविधिक संघ लगायतलाई समेत आर्थिक सहयोग गरेकी थिइन् । यिनै सहयोगी भावनाको नायिका रेखा थापाको साथ पाएका छन् वेवारिसे व्यवस्थापन केन्द्रले अनि होचा पुड्का सघले ।
बेबारिसे ब्यबस्थापन तथा पुर्नस्थापना केन्द्रले आयोजना गर्न लागेको उक्त सम्मान कार्यक्रममा समाजसेवी,सामाजिक अभियन्ताहरुलाई सम्मान गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाले नेपाल होचा पुड्का संघलाई सम्मान र सहयोग गर्ने कार्यक्रम राखिएको छ भोली अपरान्ह । राजधानीको वागबजारस्थित हार्दिक होटलमा आयोजना हुन लागेको कार्यक्रममा उक्त कार्यक्रममो प्रमुख अतिथीका रुपमा नायिका रेखा थापा उपस्थित हुने आयोजकले जनाएको छ ।