आज पानी पर्ने सम्भावना कता–कता ?

admin

काठमाडौँ,चैत ५ : देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

यस्तै अरु क्षेत्रको मौसम भने आंशिक बदली हुनेछ । पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्नतिर मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा सोमबार बेलुकातिर बदली भइ पानी परेको थियो । मंगलबार पनि घाम लाग्ने र बदली हुने क्रम जारी रहने जनाइएको छ ।

प्रतिक्रिया