आज पनि ओरालो लाग्यो सुनको भाउ

शर्मिला गुरुङ

काठमाडौं, ५ चैत्र : आज साताको तेस्रो दिन अर्थात मंगलबार झन् सुनको मूल्य ओरालो लागेको छ । हिजो प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँले घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी आज ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया