दिप गुरुङको मौलीक गीत ‘सिरानचोके चेली’ सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, ५ चैत्र : नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ वोलको मौलीक गीत सार्वजनिक भएको छ । मौलीक गीत ‘सिरानचोके चेली’मा कौडा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका दुर्गा परियारको सुमधुर स्वर रहेको छ ।

गीतको शब्द पनि गायक गणेश गुरुङ र निर्देशक दिप गुरुङको रहेको छ । जसलाई पवन वाङले संगीत संयोजन गरेका छन् ।

‘सिरानचोके चेली’ गीतको म्युजिक भिडियोतर्फ निर्देशक दिप गुरुङको निर्देशन र आशुतोष ऐडीको सह–निर्देशनमा निर्माण भएको छ । जसमा मनोज थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, वविता गुरुङ, सुमित्रा गुरुङ, उवा मगर र पश्चिमान्चल सांस्कृतिक ग्रपको दमदार नृत्य तथा अभिनय रहेको छ ।

मौलीक गीत ‘सिरानचोके चेली’ म्युजिक भिडियोलाई शम्भू चालीसेले छायांकन गरेका हुन् भने सुजन शाहीले यसको सम्पादन गरेका हुन् ।

गीतमा गोरखा जिल्लाको सुन्दर नगरि तथा पर्याटकीय क्षेत्र सिरानचोकको सेरोफेरोको वर्णन गरिएको छ । उक्त गीत तथा म्युजिक भिडियोलाई श्रीनाथ मण्डली नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

केही समयअघि नृत्य निर्देशक दिप गुरुङले आफ्नै प्रस्तुतीमा मौलीक कौडा गीत ‘सिरानचोकको सेरोफेरो’ सार्वजनिक गरेका थिए । गीतलाई दर्शक तथा स्रोताले निकै मन पराएका थिए ।
उक्त गीतलाई पनि कौडा किङ सर्जक तथा गायक गणेश गुरुङले शब्द तथा लय भरेका थिए भने गायक गणेश गुरुङ र सन्तोष थापा मगरले स्वर भरेका थिए ।

गुरुङ संस्कृतिमा आधारित उक्त ‘सिरानचोकको सेरोफेरो’को भिडियो पनि दिप गुरुङको निर्देशनमा तयार भएको थियो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया