क्यान्सर पिडित बालकको कारुणिक आग्रह : ”मलाई बचाईदिनुहोस, म भबिष्यमा ठुलो वैज्ञानिक बन्न चाहान्छु” (भिडियो)

मनिषा थापा

पिएनपिखबर : वेलशन भारती नामका यी बालकको भविष्यमा वैज्ञानिक बन्ने सपना छ। दुर्भाग्यबश उनलाई ७ वर्षको उमेर मै क्यान्सरजस्तो प्राणघातक रोग लाग्यो। रोगले च्यापेपछि उनी स्कुल समेत् जान सकेका छैनन्। हास्ने, खेल्ने, रमाउने उमेरमा उनी अस्पताल धाईरहेका छन्। विगत ५ महिना देखि उनी घरमै बसिरहेका छन् तर उनलाई भने स्कुल जान मन भएको भारतीले बताए।

यी अबोध बालक भन्छन, ‘म ठुलो बैज्ञानिक बनेर रोबट बनाउँछु।’ कविता कार्की भारतीको वेलशन एक मात्र सन्तान हो। कविताको परिवारको आर्थिक अबस्था निकै नै कमजोर छ। २०७२ सालको भुकम्पले उनको घर भत्काईदियो। त्यसपछि भारती परिवार लाजिम्पाटमा कोठा लिएर बस्दै आएका छन्।

कविताको अनुसार, वेलशनलाई शुरुवातमा जरो आइरहेको थियो। डाक्टरले इन्फेक्सन भएको कारण औषधि खाँदा ठिक हुन्छ भनेका थिए पछि शरिरमा निलो डाम देखिन थाल्यो। अस्पतालमा चेक गराउँदा रगतको मात्रा शुन्य देखायो। भारतमा ब्लड रिपोर्ट पठाएपछि ब्लड क्यान्सरको अन्तिम चरणमा पुगेको पत्ता लाग्यो। वेलशनकी आमा रुँदै भन्छिन, ‘घर पनि भत्कियो, छोरालाई कसरी उपचार गर्ने भनेर दिनरात सोच्ने गर्छौ। यस्तो गुणकारी बच्चालाई भगवानले ठग्यो। छोराको अनुहार र हाउभाउ हेर्दा रोग लागेको जस्तै लाग्दैन।’ कुराकानी कै क्रममा वेलशनले ‘मलाई साथ दिएर बचाईदिनुहोस’ भन्दै अनुरोध गरे।

उनको यति बेला किमोको उपचार भइरहेको छ। अब चाडै बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्नेछ जसले ठिक हुने सम्भावना छ तर खर्च मात्रै ४० लाख लाग्ने भएको छ। कबिताले आफ्नो छोराको  उपचारका लागि पैसा जुटाउन सकिरहेकी छैनन्। अहिलेसम्म ऋण गरेर उपचार गराउदै आएकी छिन्। यस्तै उनकी आमाले पनि देशविदेशमा बस्ने सबै मनकारी महानुभावहरुलाई आफ्नो छोरा बचाउनको लागि आर्थिक सहयोगको अपिल गरेकी छिन्।

दर्शकवृन्द ! तपाईहरुको सानो सहयोगले बैज्ञानिक बन्ने सपना बोकेको यी साना अबोध बालक को ज्यान बच्नेछ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ।

उनलाई सहयोग गर्नको लागि :

सुरेन्द्र भारती फोन नं : ९८५१०१०२५०

बैंक खाता नं : सुरेन्द्र भारती ००२०५१२०२६०५५८ इन्भेस्टमेन्ट बैंक

हामी मार्फत सहयोग गर्न चाहेमा
शर्मिला गुरुङ्ग : ९८८०३९६४५२
मनोज खड्का : ९८६०३०१४९०
पिएनपि मिडिया : ९८५१०१८०६३

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू