भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प अध्ययन

रिता घिसिंग

सियोल :  दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय ९जियोथर्मल० प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो।

सरकारी अग्रसरतामा गठित स्वदेशी र विदेशी विज्ञहरुको समितिले सन् २०१७ को नोभेम्बर १५ मा गएका ५.४ म्याग्नीच्यूडका भूकम्पहरु ऊर्जा उत्पादनका लागि भूतापीय प्लान्टको विस्फोटनबाट भएको निष्कर्ष निकालेको छ।

 

राजधानी सियोलबाट करिब ३७४ किलोमिटर दक्षिण पूर्वमा अवस्थित औद्योगिक शहर पोहाङको केन्द्र र बाहिरी इलाकामा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो।

 

कोरियाली इतिहासमा सन् १९७८ यता यो दोस्रो ठूलो र विनाशकारी भूकम्प हो। भूकम्पका कारण दर्जनौं व्यक्ति घाइते हुनुका साथै दुई हजारभन्दा बढी घरमा क्षति पुगेको थियो।

प्रतिक्रिया