काभ्रेमा होली खेल्दा १३ जना पक्राउ

admin

काभ्रे, ६ चैत : काभ्रेमा होली खेल्दा १३ जना प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरी कार्यालय बनेपाले १० जना र धुलिखेबाट ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए । पक्राउ पर्नेमा इच्छा विपरित रंग दलेको र उत्शृङखल गतिविधि गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको डिएसपी गिरीले बताए ।

यसैबीच अरनिको र बीपी राजमार्गमा काभ्रे प्रहरीले मापसे चेकिङलाई समेत अघिल्लो दिनको तुलनामा थप कडा बनाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको संख्या बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले दुबै राजमार्गमा चेक जाँच कडा बनाएको हो ।

प्रतिक्रिया