काभ्रेमा होलीको रंग पखाल्न जाँदा एक किशोर बेपत्ता

admin

धुलिखेल चैत ६: काभ्रेमा होलीको रंग पखाल्ने क्रममा सुनकोशी नदीमा एक किशोर बेपत्ता भएका छन् । जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर २ घर भएका १६ बर्षीय सुमन तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

दिनभर होली खेलेर घर नजिकैको सुनकोशी नदीमा रंग पखाल्न गएका सुमन बेपत्ता भएका हुन् । बेपत्ताको खोजी भइरहेको डिएसपी गिरीले बताए । ‘हामीसँग पर्याप्त प्रविधि नभएका कारण खोजीमा केहि समस्या भइरहेको छ, उनले भने ‘खोजी कार्यका लागि सशस्त्र प्रहरीको खोताखोर टोली ल्याउने बारे छलफल भइरहेको छ ।’

प्रतिक्रिया