जनताकै पहुँच छैन भ्रष्टाचार निगरानी शाखामा

admin

काठमाडौं, चैत ७: सरकारले सञ्चालनमा ल्याएको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निगरानी शाखा सर्वसाधारण जनताको पहुँचभन्दा टाढा रहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक आफू भ्रष्टाचार नगर्ने र अरु मन्त्रीलाई समेत गर्न नदिने भनिरहे पनि सर्वसाधारणले नै भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरेका छन् ।

यस्तै भ्रष्टाचार विरुद्ध उजुरी दिने सरकारी संयन्त्रमा जनताको पहुँच पुग्न सकेको छैन । जनताले सरकारविरुद्ध भ्रष्टाचारका विषयमा कुनै उजुरी गर्नुपरे सिंहदरवार नै छिर्नुपर्ने बाध्यता छ । तर सामान्य मानिसलाई सिंहदरबार छिर्न त्यति सजिलो छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया