ब्वाईफ्रेन्ड गरिब भएको थाहा पाएपछि प्रेमिकाले गरे आफ्नै अपहरणपछि हत्याको योजना

रिता घिसिंग

पिएनपिखबर : गरिब ब्वाईफ्रेन्डबाट छुटकारा  पाउन चीनमा एक महिलाले आफ्नै नक्कली अपहरण र हत्याको योजना बनाएका छन्।  महिलाले  ब्वाईफ्रेन्डलाई आफै फोन गरेर आफ्नो पूर्व पतिले अपहरण गर्यो। फेरी ब्वाईफ्रेन्डलाई खबर मिल्यो फिरौती पैसा नमिलेका कारण गर्लफ्रेन्डको मृत्यु भयो। ब्वाईफ्रेन्डले जब डराएर प्रहरीलाई खबर गरे तब कहानीको सत्यता खुलासा भयो। 

 हुबेई प्रॉविन्सका ३७ बर्षिय यू ब्वाईफ्रेन्ड लिनलाई डेट गरिरहेकी थिइन्। तर चाइनीज न्यू ईयरमा जब उनकी आफ्नो  ब्वाईफ्रेन्डको घर पुगिन तब उनको आर्थिक स्थितिबारे थाहा पाईन्। 

त्यसपछि उनले  ब्वाईफ्रेन्डबाट टाढा जाने फैसला गरिन। उनलाई थाहा थियो सम्बन्ध तोड्ने कुरा गर्दा ब्वाईफ्रेन्ड मान्दैनन्। उनले आफै गायब हुने योजना बनाए। २१ फेब्रेवरीका दिन उनि आफ्नो घरबाट गायब भईन। जहाँ उनि आफ्नो ब्वाईफ्रेन्डसंग बस्थे। 

गायब भएको केहि समयपछि उनले आफ्नो ब्वाईफ्रेन्डलाई फोन गरेर आफ्नो पुर्वपतिले अपहरण गरेको कहानी सुनाए। यूले आफ्नो लोकेसन  हाईवे बताए।

ब्वाईफ्रेन्डलाई आफ्नो ज्यान बचाउन आग्रह गर्दै फोन काटिन। उनले आफै अपहरणकारी बनेर म्यासेज गरि र फिरौती रकम मागिन। साथै प्रहरी लाई खबर नगर्न चेतावनी पनि दिईन। 

 फिरौती रकम मागेको केहि समयपछि अपहरणकारीको नाम लिएर आफ्नै फोनबाट ब्वाईफ्रेन्डलाई म्यासेज गरेर आफ्नो हत्याको खबर पठाए र शव लेकमा फ्याकेको बताए। यहि कुरा सुनेर ब्वाईफ्रेन्ड डराए र उसले प्रहरीलाई जानकारी दिए। प्रहरीले युको फोन ट्रयाक गर्दा एक महिलाको लोकेशन प्राप्त भयो। त्यहि लोकेशनको आधारमा त्यहाँ पुग्दा यु बेडमा सुत्दै टिभी हेरिरहेको देखा परे। प्रहरीले जब महिलालाई सोधपुछ गर्यो तब सबै कहानी खुलासा भयो। प्रहरीले उनलाई १० दिनका लागि पक्राउ गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू